Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

निर्वाचनको लागि गाउँ जानेको भीडदेखि मन्त्री वर्खास्तसम्म


1.2k
Shares

१. मंसिर ४ गते हुने निर्वाचन नजिकिएसँगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो, स्थल र हवाई मार्ग प्रयोग गर्ने यात्रुको चाप, निर्वाचनमा मत खसाल्न गाउँघर जानेहरु बढेसँगै यात्रु काउन्टर, बस स्टप र बससहित सार्वजनिक सवारीमा भीडभाड, दैनिक १४ हजारभन्दा बढीले आन्तरिक विमानस्थल प्रयोग गर्दै ।


२. गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीद्वारा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त, मंसिर ४ मा हुन लागेको संघीय र प्रदेश निर्वाचनमा सत्ता गठबन्धनलाई असहयोग गरेको आरोपमा खड्का बर्खास्त, मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्रीले उक्त मन्त्रालय आफैँले हेर्ने ।


३. वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौँ पठाउनका लागि काम सुरु, आयोजना स्थलसम्म पुग्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेसँगै मेलम्ची खानेपानी काठमाडौं पठाउने तयारी, आवश्यक उपकरणसहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्टलगायत काम हुँदै ।


४. निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट १४ जना पक्राउ, जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा (मसाल)का १४ नेता कार्यकर्ता समातिए, निर्वाचन बहिष्कारका लागि आयोजना भएको कोणसभामा प्रहरीचौकी कुश्मीशेराबाट पुगेको प्रहरी टोलीद्वारा मसालका पोलिटब्यूरो सदस्य कृष्णराज पौडेलसहित नेताकार्यकर्ता गिराफ्तर ।


५. मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी, देशैभरि गठबन्धनका पक्षमा जनमत आउने जिकिर, संविधान बचाउन र प्रतिगमन रोक्न बनेको गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह ।

६. संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारले जित्नै पर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, देशमा सुशासन र विकासमार्फत राजनीतिक परिवर्तनलाई संस्थागत गर्न जरुरी रहेको ठहर, लोकतन्त्रको रक्षा गर्न र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन गठबन्धनबाहेक अरू कुनै विकल्प नभएको अभिव्यक्ति ।

७. मंसिर ४ गते हुने निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न निर्वाचनको आयोगको निर्देशन, मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदानमा सहभागी हुन आग्रह ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लाग्यो, नेप्से परिसूचक ६ दशमलब ५९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ९७ दशमलब ८६ मा सीमित, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ इनडेक्स एक दशमलब ३३ अङ्कले ओरालो लागेर तीन सय ७३ दशमलब ७१ मा ओर्लियो ।

९.अखिल नेपाल फुटबल सङ्घको आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने, एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्च समेत बढायो, एनफाले यसपटक तयारी खर्चबापत क्लबलाई ११ लाख रुपैयाँ दिने ।


१०. विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने संयुक्त राष्ट्रसंघको अनुमान, विश्व जनसङ्ख्या दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा उल्लेख, संयुक्त राष्ट्रसंघको पछिल्लो प्रक्षेपणले विश्व जनसङ्ख्या सन् २०३० मा ८.५ अर्ब, सन् २०५० मा ९.७ अर्ब र सन् २१०० मा १०.४ अर्ब पुग्ने प्रक्षेपण ।

प्रतिक्रिया दिनुहोस्