Logo
Logo

चितवन-१ को द्वारिकादास माविमा मतदान रोकियो


63
Shares

फाइल फाेटाे

काठमाडौं । मतपेटिका साटिएपछि चितवनमा मतदान प्रक्रिया रोकिएको छ ।

सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको दिएपछि चितवन क्षेत्र नम्बर–१ को रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो ।

चितवन क्षेत्र नम्बर–१ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले १८ मत खसेपछि मतपेटिका साटिएको थाहा भएको र अब फेरि सर्वदलीय बैठक बसेर मतदान गराउने प्रक्रिया अगाढि बढाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्