बागलुङ । बागलुङ-१ ‘ख’ मा नेपाली कांग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन् । नेकपा एमालेका नवराज पौडेललाई ७ हजार ८७ मतान्तरले पछि पार्दै सुवेदी विजयी भएका हुन ।

सुवेदीले १४ हजार ६१० मत पाएका छन् भने पौडेलले ७ हजार ५२३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द सापकोटाले ६५५ र मंगोल नेशनल अर्गनाइजेसनका सहवीर थापाले २५७ मत प्राप्त गरेका छन् ।














