Logo
Logo

डडेलधुरामा देउवा सातौं पटक निर्वाचित, सागरले पाए १३ हजार ४२ मत


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् ।

एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे । उनले ७ हजार ५३५ मत पाएका छन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्