Logo
Logo

सुर्खेत-२ मा कांग्रेसका थानी विजयी


1.3k
Shares

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । उनी ३४ हजार छ सय २५ मत ल्याएर विजयी भएृका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरेका छन् । थानीले एमालेका जिल्ला अध्यक्षसमेत रहेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पराजित गरेका छन् ।

थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् । विसं २०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए । रावतले ३७ हजार चार सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार छ सय ४६ मत प्राप्त गरेका थिए ।

थानी यसअघि विसं २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने सहकारी तथा गरिबी निवारणमन्त्री भइसेका छन् ।

प्रतिक्रिया दिनुहोस्