
लमजुङ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ ।
क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।
पृथ्वीसुब्बाले २२ हजार ४३८ र देवप्रसादले २२ हजार १३० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ५ हजार ७४८ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले ८६९ मत पाएका छन् ।
कूल ८० हजार ९ सय १७ मत खसेकोमा हालसम्म ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।














