काठमाडौं । प्रदेशसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ बाँके क्षेत्र नम्बर २ अन्तर्गतका दुवै सिटमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् ।

बाँके-२ ‘क’ मा भण्डारीलाल अहिर र ‘ख’ मा आदेशकुमार अग्रवाल विजयी भएका हुन् । भण्डारीलाल अहिर ११ हजार ५०४ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजयबहादुर यादवले ९ हजार ३५८ मत पाए ।
यस्तै, नेपाली कांग्रेसका राजकुमार कुर्मीले ८ हजार ७३१ मत पाए । ‘ख’ मा जसपाका आदेशकुमार अग्रवाल ८ हजार २४६ मतसहित निर्वाचित हुँदा एमालेका निरकबहादुर गुरुङले ६ हजार ७०९ मत पाए । तेस्रो स्थानमा रहेका कांग्रेसका सुरेन्द्रबहादुर हमालले ६ हजार २४७ मत पाए ।














