चितवन । चितवन निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको फराकिलो अग्रता कायमै छ ।

लामिछानेले २२ हजार १०१ मत पाएका छन् भने एमालेका कृष्ण भक्त पोखरेल ९ हजार ४१२ पाएका छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत प्राप्त गरेका छन् ।














