अछाम । अछाम निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका छन् । शाह २३ हजार ५४ मतसहित विजयी भएका हुन् ।

शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का यज्ञबहादुर बोगटीलाई ७ हजार २० मतान्तरले पराजित गरेका हुन् । बोगटीले १६ हजार ३४ मत मात्र प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका मीनबहादुर शाहीले १८९ मत पाए ।














