काठमाडौं । प्रतिनिधिसभाका १६५ मध्ये ४० वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

बुधबार बेलुका ८ बजेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेस १८, एमाले ६, राष्ट्रिय स्वतन्त्र पार्टी ४, नेकपा माओवादी केन्द्र ३, नेकपा एकीकृत समाजवादी पार्टी २, राप्रपा १ र नागरिक उमुक्ति पार्टी १ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै स्वतन्त्र ३ ठाउँमा विजयी भएका छन् ।
निर्वाचित कंग्रेसका १८ सांसद
१. प्रदीप पौडेल– काठमाडौं ५
२. योगेश गौचन थकाली– मुस्ताङ
३. मोहन आचार्य – रसुवा
४. रमेश लेखक– कञ्चनपुर ३
५. राम हरि खतिवडा– ओखलढुंगा
६. टेकबहादुर गुरुङ – मनाङ
७. राजेन्द्रकुमार के.सी.– काठमाडौं १०
८. उदयशम्शेर जबरा– ललितपुर १
९. हृदयराम थानी– सुर्खेत
१०. सन्तोष चालिसे– काठमाडौं ३
११. शंकर भण्डारी– तनहुँ २
१२. अजयकुमार चौरसिया– पर्सा २
१३. पुष्प बहादुर शाह– अछाम २
१४. रमेश रिजाल– पर्सा ४
१५. विश्वप्रकाश शर्मा – झापा १
१६. शेरबहादुर देउवा– डडेलधुरा
१७. प्रकाश मान सिंह– काठमाडौं १
१८. गगन कुमार थापा– काठमाडौं ४
अहिले निर्वाचनको मतगणना जारी छ ।














