Logo
Logo

मतगणना नसकिंदै विशाल भट्टराई आत्तिए



खोटाङ । खोटाङका एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार विशाल भट्टराईले अपेक्षाकृत मत प्राप्त गर्न असफल भएको बताएका छन् ।

पछिल्लो मतगणना अनुसार माओवादीका उम्मेदवार रामकुमार राई ‘पासाङ’ १२हजार १२४ मतसहित अग्रस्थानमा छन् । भट्टराईले ११ हजार २९४ मत पाएका छन् । भट्टराई वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार राईभन्दा ८३० मतले पछि परेका छन् ।

भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘अहिलेसम्मको मतगणनाको अवस्था यहि नै हो । हाम्रो पार्टी अपेक्षाकृत मत प्राप्त गर्न असफल देखिएको छ । अब बाराहपोखरी, खोटेहाङ, साकेला, दिक्तेल , रावाबेंशी र केपिलासगढीको मतगणना गर्न बाकी रहेको छ । जे छ मतपेटिका भित्र छ । जनताको मत मेरो लागि सदा सर्बदा शीरोपर छ ।’

प्रतिक्रिया दिनुहोस्