Logo
Logo

यी हुन् प्रतिनिधिसभा सदस्य निर्वाचित एमालेका ७ सांसद


32.3k
Shares

काठमाडौं । बुधबार बेलुका ९ बजेसम्म प्रतिनिधिसभातर्फ नेकपा एमालेले ७ ठाउँमा जित निकाले छ । प्रतिनिधिसभाका १६५ मध्ये ४० वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा एमाले ६ ठाउँमा विजयी भएको हो ।

अहिलेसम्म एमालेले ६ ठाउँमा जित निकाल्नुको साथै ३७ ठाउँमा अग्रता लिइरहेको छ । अग्रता लिएका सबै क्षेत्रमा जित हात पार्ने हो भने यस पटकको प्रतिनिधिसभामा प्रत्यक्षबाट एमालेले ४४ सिट जित्ने देखिन्छ ।

झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली सानदार मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका छन् । अन्तिम मतपरिणाम अनुसार ओलीले ५२ हजार ३१९ मत पाएका छन् भने अधिकारीले २३ हजार ७४३ मत पाएका छन् ।

एमालेका गोकर्ण विष्ट गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी)का रामकुमारी झाँक्रीलाई २ हजार ३५ मतान्तरले पराजित गरे । उनले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४१ मत पाएका छन् ।

एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेल पराजित गर्दै काठमाडौं–९ मा जित हात पारेको छ । उनले ११ हजार ९५६ मत पाउँदा पोखरेलले १० हजार ९६१ मत पाएका छन् ।

उदयपुर– २ मा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई पराजित गर्दै एमालेका अम्वर बहादुर रायामाझी विजयी भएका छन् । रायमाझीले १५ हजार २५१ मत पाएका छन् भने खतिवडाले १२ हजार ८९३ मत पाएका छन् ।

त्यस्तै ललितपुर– २ हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई पराजित गर्दै एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । महर्जनले १५ हजार २५ पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धि शाक्यले ८ हजार ८८६ मत पाएका छन् ।

ताप्लेजुङमा एमालेका योगेशकुमार भट्टराईले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाई झिनो मतान्तरले पराजित गरेका छन् । भट्टराईले २१ हजार ९४३ मत पाउँदा बुडाक्षेत्रीले २१ हजार ७५३ मत पाएका छन् ।

यसैगरी झापा–२ बाट एमालेका देवराज घिमिरे स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका छन् भने नेपालले २६ हजार ४ सय ४१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्