दार्चुला । दार्चुलाबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले नेकपा एमालेका गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् ।
बडूले २८ हजार ५१५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् ।














