पोखरा । कास्की निर्वाचन क्षेत्र ३ ‘ख’मा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भएका छन् । मादी गाउँपालिका अध्यक्ष भइसकेका गुरुङले नेपाली कांग्रेसका दीपक गुरुङ ‘माइला’लाई पराजित गर्दै विजयी भएका हुन् ।

दीपक गुरुङले १२ हजार ६६१ मत पाएका छन् भने माइलाले ११ हजार ७९४ मत प्राप्त गरे । राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६५६ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।
एक से एक कांग्रेस नेता हुँदा हुँदै कांग्रेसका महामन्त्री गगन थापाले टेबल टोकेर दीपक गुरुङ ‘माइला’लाई टिकट दिएको आरोप छ ।














