Logo
Logo

म्याग्दीमा कांग्रेसका गर्बुजा विजय, एमालेका हरिकृष्ण श्रेष्ठ पराजित


2.3k
Shares

म्याग्दी । म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा विजय भएका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन अन्तर्गत उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा तीन हजार आठ सय ३२ मत बढी ल्याएर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा कूल ५० हजार छ सय २५ मत खसेकोमा गबुर्जाले २४ हजार २१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरे ।

गत सोमबार राति ९ बजेदेखि मत गणना सुरु गरिएको थियो । धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा गर्बुजाले सुरुआती चरणदेखि नै अग्रता लिँदै आएका थिए ।

जिल्लाभरी ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्