
काठमाडौं । गोरखा क्षेत्र नं २ मा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो मतान्तरले विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतान्तरले पराजित गरेका हुन् ।
अध्यक्ष प्रचण्डले २९ हजार १०३ मत प्राप्त गर्दा बुर्लाकोटीले १२ हजार ६३७ मत पाए । २०६४ यता निरन्तर विजयी हुँदै आएका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड सयअघि २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले ७ हजार ३९३ मत पाएर तेस्रो भएका छन् ।














