Logo
Logo

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी



धनकुटा । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेका उम्मेदवार रानेन्द्रकुमार राई निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई १३ सय ९७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

मंसिर ४ गते सम्पन्न प्रसतिनिधिसभा र प्रदेशसभा निर्वातनको आज बिहिबार सार्वजनिक अन्तिम परिणाम अनुसार एमालेका राईले ३१ हजार १०१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार थापाले २८ हजार ७०४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९२६ मत पाएका छन् भने राष्ट्रिय प्रजात्रन्त्र पार्टीका उम्मेदवार कुमारबहादुर थापाले एक हजार ५९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्