Logo
Logo

कोमल वाली पराजित हुने खतरा



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । हालसम्म प्रतिनिधिसभातर्फ ७५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार दिएको कोमल वाली खतारामा छन् । पछिल्ला मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले जित्ने सम्भावना देखिएको छ ।

२१ हजार मत गन्न बाँकी हुँदा एमाले उम्मेदवार कोमल वली ६ हजार ८ मतान्तरले पछि परेका छन् । उनले अहिलेसम्म २२ हजार २ सय ४१ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार गिरी २८ हजार २ सय ४९ मतसहित अग्र स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्