
काठमाडौं । शहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीसँग नेकपा एमालेका नेता शान्ता चौधरी पराजित भएका छन् ।
दाङ–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको शान्ता मेटमणिसँग पराजित भएका हुन् ।
पराजित भएका शान्ताले १८ हजार ५३२ मत पाए भने मेटमणिले २३ हजार ७५२ मत प्राप्त गरेका छन् ।
मेटमणिले अघिल्लो निर्वाचन पनि यसै क्षेत्रबाट जितेका थिए भने शान्ता समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य थिए ।












