Logo
Logo

भारतले बनाइदियो कोटेश्वर क्याम्पसको अत्याधुनिक भवन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ भदौ
भारतीय दुतावासले कोटेश्वर क्याम्पसको अत्याधुनि भवन निर्माण गरेको छ । चार करोड ५० लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण गरिएको भवनको नेपालका लागि ग भारतीय राजदूत मंजीव सिंह पुरीले शनिबार उद्घाटन गरेका छन् ।


कार्यक्रमा नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, पूर्व परराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य लगायतको उपस्थिती थियो ।
सन् १९९० मा स्थापना भएको कोटेश्वर क्याम्पस सामुदायिक क्याम्पस हो । जहाँ त्रिभुवन विश्वविद्यालय अन्र्तगत व्यवस्थान, शिक्षा र मानविकी संकायमा स्नातक तथा
अवस्थित छ . त्रिभ’वन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो क्याम्पस गैर नाफाम’खी, गैर सरकारी र
सेवाम’खी साम’दायिक क्याम्पस हो . यस क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि व्यवस्थापनमा स्नातकोत्तर तहसम्म अध्ययन हुँदै आएको छ । साथै ११ र १२ कक्षाको पढाई पनि हुने गरेको छ । क्याम्पसमा तीन हजार सात सय बिद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् ।
नयाँ भवनमा १८ कक्षा कोठासहित प्रशासनिक कोठा तथा शौचालय समेत छ । नयाँ भवनले सिकाईको वातावरणलाई अभिवृद्धि हुने अपेक्षा लिइएको भारतीय दुतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्