Logo
Logo

विस्फोटबाट ३ जनाको मृत्यु



एजेन्सी । पश्चिमी रुसको रियाजान शहर नजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको रुसी समाचार एजेन्सी रिया नोवोस्तीले जनाएको छ ।

एउटा इन्धन ट्यांकरमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

आपतकालीन सेवाका प्रवक्तालाई उद्धृत गर्दै घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्