Logo
Logo

ब्राजिलको खेल हेर्दा आड्रियानोले गुमाए श्रीमती


11.6k
Shares

साउ पाउलो । कतारमा जारी विश्वकप फुटबलमा आफ्नो देशको खेल हेर्न दुई दिन हराएका ब्राजिलका पूर्वस्टार आड्रियानोको यही घटनाका कारण पारपाचुके भएको छ ।

उनले सन् २०१५ मा फ्रेञ्च क्लब हाभ्रेमा आफ्नो अनुबन्ध समझौंता असफल भएपछि १८ जना ‘कलगर्ल’ सँग रात बिताउन १३ हजार स्टर्लिङ पाउण्ड खर्चेको बताइएको छ ।

आड्रियानो स्विट्जरल्याण्डविरूद्ध ब्राजिलको खेल साथीहरूसँग बसेर हेर्न रियो दि जेनेरिया जिल्लामा पर्ने भिला क्रुजेइरो पुगेका थिए । इन्टर मिलानका यी पूर्व स्ट्राइकरले पनि आफू दुई दिन साथीहरूसँग बसेर फुटबल हेर्न निस्किएको बताएका थिए ।

यही कुरालाई लिएर आड्रियानोको आफ्नो श्रीमतीसँग झगडा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्