Logo
Logo

मनास्लु वर्ल्ड स्कुलले जित्यो अन्तर विद्याल्य फुटसलको उपाधि


315
Shares

काठमाडौं । मनास्लु वर्ल्ड स्कुलले अन्तर विद्यालय फुटसलको उपाधि जितेको छ । मनास्लुले निजी तथा आवासीय विद्यालय संगठन प्याब्सकले आयोजना गरेको अन्तर विद्यालय कप फुटसलको उपाधि जितेको हो ।

लुम्बिनी एकेडेमीलाई ६ गोलले पराजित गर्दै मनास्लुले उपाधि जितेको हो । उपाधिसँगै मनास्लुले ट्रफीसहित १० हजार नगद प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको लुम्बिनी एकेडेमीले ५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा २६ विद्यालयको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा राखेप सदस्य सचिव टंकलाल घिसिङ्ले खेलकुदलाई अतिरिक्त क्रियाकलाप नभै पाठ्यक्रममै समेटिनु पर्ने बताउनुभयो । कार्यक्रममा प्याब्सक अध्यक्ष गेन्द्र लामा र महासचिव राजेन्द्र श्रेष्ठले खेलकुदको माध्यमबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरा र खेलकुदलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्याब्सकले प्रतियोगिता मङ्सिर २० र २१ गते संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्