Logo
Logo

एमालेको समानुपातिक सूचीमा नेताका श्रीमतीदेखि धर्म प्रचारकसम्म (सूचीसहित)*


101.4k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट ४४ सिट हात पारेको नेकपा एमालेले समानुपातिकतर्फ ३२ सिट पाएका छ । सोहीअनुसार निर्वाचन आयोगलाई ३२ जनाको नाम सिफारिस गरेको छ ।

एमालेले २२ महिला र १२ पुरूषको नामा निर्वाचन आयोगलाई बुझाएको हो । एमालेले बुझाएको सूचीमा नेताका श्रीमतिदेखि क्रिश्चियन धर्मका प्रचारकसम्मको नाम समावेश छन् ।

एमालेले पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’का श्रीमती नैनकला थापा, क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकाल लगायतको नाम सिफारिस गरेको हो । त्यसैगरी, एमालेको समानुपातिक सूचीमा प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचन समेत अटाएका छन् । 

एमालेले बुझाएको सांसदहरूको नामावली हेर्नुहोस्–

आदिवासी जनजाति पुरुषतर्फ– 
देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

आदिवासी जनजाति महिलातर्फ– 
नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा ।

खसआर्य पुरुषतर्फ–
रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही ।

खसआर्य महिलातर्फ–
मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल ।

थारु महिलातर्फ–
आश्माकुमारी चौधरी, शान्ति चौधरी ।

दलिततर्फ–
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा ।

मधेशीतर्फ– 
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया ।

मुस्लिमतर्फ–
सराज अहमद खान ।

प्रस्तुत समाचारमा शीर्षक र तस्बिर फरक हुन गएकाले सच्याइएको छ । –सम्पादक

प्रतिक्रिया दिनुहोस्