
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद अध्यक्ष अशाेक राई र सुशीला श्रेष्ठ दुवै प्रतिनिधिसभा सदस्य भएका छन् ।
अशोक सुनसरी–१ बाट प्रत्यक्षबाट सांसद निर्वाचित भएका हुन् भने सुशीला समानुपातिक प्रणालीमार्फत संघीय संसद् पुगेका हुन् ।
जसपाले समानुपातिकतर्फबाट पाँच सांसदको नाम निर्वाचन आयोगलाई बुझाएको छ । जसपाले बुझाएको सूचीमा सुशीलालाई आदिवासी जनजाति महिला क्लस्टरबाट संसद् सिफारिस गरिएको छ ।
एमाले हुँदा सक्रिय राजनीतिमा रहेका सुशीला पछिल्लो समय भने राजनीतिमा खासै सक्रिय छैनन् ।











