Logo
Logo

उदयपुरका ७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा


5.2k
Shares

उदयपुर । उदयपुरको कटारी नगरपालिका-११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन् ।

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि कर्म हो । अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघि देखि नै भत्ता नलिने बताउँदै आएको वडाध्यक्ष अनन्त हायुले बताए । ‘उहाँले भत्ता लिन मान्नु भएन र नलिने घोषणा गर्नुभयो’, वडाध्यक्ष हायुले भने, ‘उहाँ अरुले दिएको खानु हुन्न ।’

हायुकाअनुसार राज्यले दिएको भत्ता नलिने घोषणा गर्दै सुनुवारले राज्यबाट निःशुल्क भत्ता नलिने घोषणा गरेका हुन् । सुनुवारले भत्ता नलिने घोषणा गरेको जानकारी नगरपालिकालाई गराइसकेको बताउँदै वडाध्यक्ष हायुले वडाबाट विशेष सम्मान गर्ने तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्