Logo
Logo

रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै


0
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन भ्रमणमा जाँदै छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन जान लागेका हुन् । भ्रमणमा जान लागेको टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले आज बिहान ९ बजे विमानस्थलबाट बिदाइ गर्ने कार्यक्रम रहेको छ।

The current image has no alternative text. The file name is: bipin-acharya.jpg

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) निमन्त्रणामा रास्वपा प्रतिनिधिमण्डल चीन जान लागेको हो । आइतबारदेखि हुने भ्रमणको समयावधि ११ दिनको हुनेछ ।

टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा.धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा। सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा चीन जान लागेका छन् ।

प्रतिनिमिण्डलले बेइजिङ, हाङचोउ, सिचुवान लगायमा भ्रमण गर्ने छ ।  चीन भ्रमण जानुअघि प्रतिनिधिमण्डल टोलीले प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000