Logo
Logo

एनपीएलको लिग चरणका अन्तिम दुई खेल आज हुँदै


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज अपराहन्न साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमने सामने हुँदै छन् ।

The current image has no alternative text. The file name is: npl-4.jpg

चितवन प्लेअफमा पुगिसकेकाले यस खेलको नतिजाले उसको अवस्थामा खासै सुधार आउने देखिदैन । यो खेल जितेपनि चितवनले इलिमिनेटर खेल्ने निश्चित भएको छ । त्यस्तै कर्णाली याक्सले भने यस सिजनआमा ६ खेलमा केबल २ जित मात्र जितेपछि प्लेअफबाट बाहिरिएको छ ।

त्यस्तै आज साँझ ५ बजेदेखि सुरु हुनेदोस्रो तथा यस सिजनको लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स भिड्दैछन् । प्लेअफमा छनौट भएको काठमाडौँले यो खेल जितेर दोस्रो स्थानमा उक्लिने प्रयास गर्ने गर्ने छ । त्यस्तै प्रतियोगिताबाट बाहिरिएको पोखराले भने यस प्रतियोगितामा दोस्रो जितको खोजीमा हुने छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000