काठमाडौं । यही गएको मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुले प्रमाणपत्र लिएका छन् ।

आइतबार निर्वाचन आयोगले समानुपातिकतर्फका सबै सांसदलाई प्रमाणपत्र वितरण गरेको हो । प्रतिनिधिसभातर्फ ११० र सातै प्रदेशका विभिन्न दलका २२० उम्मेदवार गरी जम्मा ३३० जना समानुपातिक सांसद छन् ।
प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७, जसपाबाट ५ र जनमत पार्टीबाट ५ सांसद छन् ।











