Logo
Logo

डा.ध्रुवचन्द्र गौतम आविष्कारी आख्यानकारको उपाधिबाट सम्मानित


504
Shares

काठमाडौं । चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८० औं जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ ।

आइतबार काठमाडौं कमलादीमा एक समारोह आयोजना गरी ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त चौधरी फाउण्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको हो ।

समारोहमा डा. गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले उपहार अर्पण गरेका थिए । यस्तै, साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरेकी थिइन् ।

सो अवसरमा ‘डा. ध्रुवचन्द्र गौतमः ‘आविष्कारी आख्यानका दशकहरु’को नामको पुस्तक समेत लोकार्पण गरिएको थियो यो पुस्तकको सम्पादन डा. खुमनारायण पौडेलले गरेका हुन् ।

कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले सामूहिक हस्ताक्षरित बधाई डा. गौतमलाई अर्पण गरेका थिए । सो अवसरमा डा.गौतमको ८० औं जन्मोत्सव पनि मनाइएको थियो । उनलाई बसन्त चौधरीले माला तथा मेघा चौधरीले ढाका टोपी लगाई समारोहमा केक काटेर जन्मदिन मनाइएको थियो ।

डा. गौतमका हरेक कृतिले साहित्यमा उज्याला प्रकाशहरु छरेर समग्र नेपाली साहित्यलाई नै प्रज्वलित तुल्याएको चौधरीको भनाई थियो । हालसम्म ३२ वटा त उपन्यास मात्र लेखिसकेका डा. गौतम नेपाली आख्यान जगतका कीर्तिमानी सर्जक समेत रहेका चौधरीको दाबी छ । डा. गौतमले सबै विधामा गरी हालसम्म ५३ वटा कृति जन्माइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्