
काठमाडौं । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका कर्मचारीलाई पूर्व स्वीकृति लिएर मात्रै बिदामा बस्न निर्देशन दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै मन्त्रालयबाट बिदा स्वीकृत गराएर मात्रै बिदा बस्न निर्देशन दिएको हो ।
मन्त्रालयले जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिना जानकारी बिदामा बस्दा सेवा प्रवाहमा समस्या देखिएको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।















