काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज दिउँसो प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । राती प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षा र हिमपातको सम्भावना रहेका पहाडी क्षेत्र तथा तराईमा हुस्सु लाग्ने हुँदा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।











