
काठमाडौं । सहमतिका लागि निर्णायक मानिएको सत्ता गठबन्धनको बैठकमार्फत सहमति जुटाउन सत्ता गठबन्धन दल असफल भएका छन् ।
कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री दाबी यथावत राखेका कारण गठबन्धन दलमा सहमति नजुटेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने विषयमा छलफल भएको प्रतिक्रिया दिए ।
प्रवक्ता कार्कीले को पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने भन्ने सन्दर्भमा कुरा नमिलेका कारण आइतबार पनः बैठक बसेर टुङ्गो लगाउने सहमति भएको जानकारी दिए ।
सत्तारुढ दलबीच माओवादीले प्रधानमन्त्री पाए कांग्रेसले राष्ट्रपति र कांग्रेसले प्रधानमन्त्री पाए माओवादीले राष्ट्रपति पाउने विषयमा मतभेद छैन । त्यसैगरी, आलोपालोको आधारमा प्रधानमन्त्री पद लिनेमा पनि कुरा मिलेको छ । तर, को पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने भन्नेमा कुरा मिल्न सकेको छैन ।











