Logo
Logo

देउवाले फोन गरेर दिए प्रचण्डलाई बधाई


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् ।

सभापति देउवाले आज (सोमबार) बिहान माओवादी केन्द्रको पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् ।

सभापति देउवा लगायत कांग्रेसका अन्य नेताहरुले फोन गरेर प्रचण्डलाई बधाई दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो’ उनले भने ।

पदाधिकारी बैठकपछि प्रवक्ता महराले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने निर्णय पनि गरेको पनि बताए । उनले मन्त्रालयबारे टुङ्गो लागि नसकेको भन्दै सात दलीय गठबन्धनबाट टुङ्गो लाग्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्