Logo
Logo

सुनको भाउ बढ्यो, तोलाकाे कति ?


819
Shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सुनको भाउ ५ सय रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापवाल सुन आज बढेर तोलाकाे १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबारको तुलनामा आज(शुक्रबार) सुनको भाउ प्रतितोला ५ सय रुपैँयाले बढेको हो ।

यसैगरी आज तेजावी सुन तोलामा १ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा १३९५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्