Logo
Logo

लोसपाले सरकारमा जानेबारे तत्काल निर्णय नलिने


567
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले वर्तमान सरकारलाई समर्थन गर्नेबारे तत्काल कुनै निर्णय नगर्ने भएको छ ।

सत्ता पक्षबाट सरकारमा सामेल हुने विषयमा अहिलेसम्म कुनै पनि प्रस्ताव नआएकाले त्यसबारे पार्टीमा छलफल नै नभएको जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताएका छन् ।

सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर आएपनि शीर्ष तहबाट कुनै सोधखोज नगरिएको उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्नेमा विश्वास मत दिने अघिल्लो दिनमात्र त्यसबारे आफूहरुले निर्णय गर्ने बताएका छन् ।

उनले हालसम्म प्रतिपक्षमा बस्ने कि सत्ता पक्षमा बस्ने निर्णयमा नपुगेका लोसपा सत्ता गठबन्धनको गतिविधिलाई नजिकबाट नियाली रहेको छ । उनले भने, ‘अहिलेको वर्तमान सरकार र गठबन्धनले के गरिरहेका छन् त्यसलाई हामीले नजिकबाट नियाली रहेका छौं, आवश्यकता अनुसार हामीले निर्णय गर्छौ ।’

उनले आफूहरुले उठाएको माग मुद्दा र एजेण्डा कार्यान्वयन गर्ने प्रतिवद्धता आयो भने सरकारलाई समर्थन गर्ने विषयमा छलफल गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्