Logo
Logo

मधेस प्रदेश- २ जना माओवादी सांसदलाई शपथ ग्रहणमा रोक


9.1k
Shares

जनकपुर । सर्वोच्च अदालतले मधेस प्रदेशसभाका २ जना प्रदेश सांसदलाई शपथमा रोक लगाएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले माओवादी केन्द्रबाट निर्वाचित रजी हैदर र मालाकुमारी कर्णलाई सांसदको काम कारबाहीमा रोक लगाएको हो ।

माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको र सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ ।

समानुपातिकको बन्दसूचीमा रहेकी खचान्जी महतो नुनियाले आफूहरूभन्दा तल रहेकालाई निर्वाचित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मालाकुमारी र रजीको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्