Logo
Logo

बर्दियाका खोरमा बाघ भरिभराउ, अब उद्धार भए छैन राख्ने ठाउँ


0
Shares

बाँके । समस्याग्रस्त बाघको उद्धार संख्या बढ्दा त्यसको व्यवस्थापनका लागि बनाइएका खोर भरिभराउ भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार अब उद्धार भएमा बाघ राख्ने ठाउँको अभाव छ । पछिल्लो समय मात्रै सात समस्याग्रस्त बाघको उद्धार गरी खोरमा राखिएको छ । ती बाघ बाँके, बर्दिया र चितवनबाट ल्याइएका हुन् ।

The current image has no alternative text. The file name is: bardiya-tiger.jpg

२०७७ सालदेखि हालसम्म दुई वर्षदेखि १२ वर्षसम्मका बाघलाई बर्दियाका विभिन्न खोरमा राखिएको निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपानेले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमका वरिष्ठ संरक्षण अधिकृत अजित तुम्वाहाङफेले मानव–वन्यजन्तु द्वन्द्वका कारण बाँके, बर्दिया र चितवनबाट बाघ स्थानान्तरण गरिएको बताए । बाघलाई उद्धार गरेर राख्ने ठाउँको अब अभाव हुन थालेको उनको भनाइ छ । “अब बाघ उद्धार गरेर राख्ने ठाउँ पनि छैन, भएका सबै बाघ खोर भरिभराउ छ”, उनले भने । संरक्षण अधिकृत तुम्वाहाङफेका अनुसार यस वर्ष दुईवटा बाघ खोर व्यवस्थापन गर्ने लक्ष्य रहेको छ ।

नेपालमा उद्धार गरिएर राखिएका २० बाघ रहेका छन् । ती बाघलाई बाँके, बर्दिया, चितवन, पर्सा र ललितपुरमा राखिएको छ

प्रतिक्रिया दिनुहोस्