Logo
Logo

श्रीलंका राष्ट्रपतिले फोन गरेर प्रधानमन्त्रीलाई दिए बधाई


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंगेबीच आज टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंगेले प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा दाहाललाई बधाई दिए । उनीहरूबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिंगेले प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री दाहाललाई विभिन्न देशका सरकार प्रमुख एवं राष्ट्रप्रमुखले वधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरे ।

प्रतिक्रिया दिनुहोस्