Logo
Logo

राहदानी लगायत परिचय पत्र वितरण सहज बनाउन गृहद्वारा विज्ञ टोली गठन


1.8k
Shares

काठमाडौं । गृहमन्त्रालयले आम जनातालाई सरकारी सेवा सहज र सरल रुपमा प्रदान गर्न विज्ञको टोली गठन गरेको छ ।

मन्त्रालयले नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र वितरणमा लगायत अन्य सरकारी सेवामा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको हो । यस्ता परिचय पत्र प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो ।

सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लाग्ने उनले बताए।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । गृहमन्त्री बने लगत्तै उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्