Logo
Logo

जसपा नेपालको कार्यकारिणी समितिको बैठक सुरु


819
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुने जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।

जसपाले पार्टीको संसदीय दलको नेता चयन गरिसकको छ भने मधेस प्रदेशमा चयन गर्न बाँकी छ । जसपाले संघीय सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । आजको बैठकमा सरकारमा सहभागी हुने नहुने विषयमा पनि छलफल हुने बताइएको छ ।

पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्