Logo
Logo

नेपालमा फेरि उडान सुचारु गर्दै स्पाइसजेट, दिल्लीकाे भाडा घट्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज ।
भारतको दोस्रो ठूलो एयरलाइन्स कम्पनी स्पाइसजेटले नेपालमा पुनः उडान भर्ने भएको छ । नोभेम्बर पहिलो साताबाट उसले नेपालमा उडान भर्ने तयारी गरेको छ ।
काठमाडौंबाट दिल्ली र बम्बईमा सो एयरलाइन्सले दैनिक उडान सुचारु गर्न लागिएको कम्पनीले जनाएको छ । २०७२ को भूकम्पपछि सो एयरलाइन्सले नेपालमा आफ्नो उडान बन्द गरेको थियो । चार वर्षपछि उसले फेरि उडान सुचारु गर्न लागेको हो ।


स्पाइसजेटले जेनिथ ट्राभल्सलाई आफ्नो जनरल सेल्स् एजेन्ट (जिएसए)नियुक्त गरेको छ । जेनिथ ट्राभन्सका म्यानेजर दीपक मैनालीका अनुसार १÷२ दिनपछि नै स्पाइसजेटको टिकट बुकिङ खुला गर्ने तयारी छ ।
काठमाडौंबाट नयाँदिल्लीमा थोरै मात्र उडान हुँदा हवाई भाडा पनि केही महिनायता महंगिएको थियो । स्पाइसजेटले उडान सुरु गरेपछि भाडा घट्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्