Logo
Logo

एकीकृत समाजवादीले पोलिटब्युरो बैठक बोलायो


3.7k
Shares

काठमाडौं । सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा निर्णय गर्न नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो बैठक बोलाएको छ ।

दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले सरकारबारे निर्णय गर्न नसकेका कारण एकीकृत समाजवादीले पोलिटब्युरो बैठक बोलाएको हो ।

बैठकपछि प्रतिकृया दिँदै प्रवक्ता जगन्नाथ खतिवडाले भने– ‘स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने या नहुनेबारे निर्णय गर्न सकेन । कमरेडहरुबाट मिश्रित प्रतिक्रिया आएको छ । भोलि सोमबार पोलिटब्युरो बैठक बोलाइएको छ । उक्त बैठकबाट थप निर्णय लिनेछौं ।’

प्रवक्ता खतिवडाका अनुसार सोमबार बिहान ११ बजे पोलिटब्युरो बैठक बस्नेछ । उक्त बैठकले पार्टीका आगामी योजना तय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्