Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि राष्ट्रपतिको निर्वाचनसम्म


2.1k
Shares

१, विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तयारी, सात राजनीतिक दलसहित कूल एक सय ६९ सांसदको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिने, सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन प्रधानमन्त्रीको आग्रह ।


२, प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श, संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आग्रह, उक्त पदको निर्वाचनका लागि राजनीतिक दलबीच छलफल गर्ने र निष्कर्षमा पुग्ने भनाइ ।


३, नेकपा ( एकीकृत समाजवादी ) को पोलिटब्यूरो बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित, वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल, वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको धारणा, प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा सहभागी नहुने अध्यक्ष माधव नेपालको भनाइ ।


४, राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको सुझाव, आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरी आउँदो माघ २५ गते उपनिर्वाचन गराउन लिखित परामर्श दिए ।


५, सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन, शीतलहरलगायत विपद्जन्य घटनाबाट नागरिकको सुरक्षा गर्नुपर्ने भनाइ, शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न निर्दशन ।


६, नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ठहर, अध्ययन गरेर मात्र विधेयक बनाउनुपर्ने र त्यसले दीर्घकालीनरुपमा काम गर्नुपर्नेमा जोड, राष्ट्रियसभाले अत्यन्तै मेहनत गरेर तयार गरेका पाँच वा विधेयक शून्य अवस्थामा पुगेको भनाइ ।


७, काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानद्वारा रोक्न माग, राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलने चेतावनी, खुलामञ्चमा भवन निर्माणका लागि सम्भाव्यता अध्ययन मात्र हुन लागेको महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको भनाइ ।


८, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लाग्यो, नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव ८९ अङ्कमा कामय ।


९, नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्स विजयी, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँ नाइट्स पाँच विकेटले पराजित, काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो ।


१०, युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु, मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा आक्रमण, युक्रेनको रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही नबताएपनि युक्रेनी सेनाले नयाँ वर्षको शुरूवातमा आक्रमण गरेको अनुमान ।

प्रतिक्रिया दिनुहोस्