Logo
Logo

‘सरकारी सेवा लिने ठाउँको लाइन १ महिनाभित्र नहटे जिम्मेवार पदाधिकारीलाई कारबाही हुन्छ’


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवाग्राहीले सरकारी सेवा लिँदा लाइनमा लागी, सास्ती खेप्नुपर्ने अवस्था १ महिनाभित्र अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, विभिन्न संवैधानिक तथा मन्त्रालयका सचिवहरुलाई मंगलबार निर्देशानात्मक सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट, सरकारी अस्पतालमा बिरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखिए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिएका हुन् ।

‘सरकार गठनको १ महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट, सरकारी अस्पतालमा बिरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ,’ प्रचण्डको चेतावनी छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने सन्दर्भमा ३० बुँदे निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्