Logo
Logo

लुम्बिनी प्रदेश सांसद दिपेन्द्रकुमार माओवादीमै फर्किए


4.8k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित सांसद दिपेन्द्रकुमार पुनमगर पुन: नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

तत्कालिन गठबन्ध विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित पुनमगर पुन: माओवादी केन्द्रमा फर्किएका हुन् । उनी स्वतन्त्र उम्मेदवार बनेपछि माओवादीले पार्टीबाट निष्कासन गरेको थियो ।

प्रदेश सभा सदस्य पुनमगरलाई प्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (बुधबार) बालुवाटारमा एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।

माओवादीले मंसिर ४ गते सम्पन्न आम निर्वाचनका लागी रोल्पा (२) बाट तत्कालीन चुनावी गठबन्धनबाट कांग्रेसमा अमरसिंह पुनलाई उम्मेदवार बनाएको थियो । जसको विरुद्धमा माओवादीका तत्कालीन पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर पुनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पुनमगरले माओवादी अध्यक्ष दाहाललाई आत्मालोचना पत्र बुझाएर पुनः पार्टी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्