Logo
Logo

स्कोरपियो चढेर आएका भारतीय अपराधी काठमाडौंंमा समातिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज ।
स्कोरपियो चढेर आएका भारतीय अपराधीक समूह पक्राउ परेको छ । विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।


काठमाडौंको शान्तिनगरमा भारतीय नम्बर प्लेट बीआर ३० पी ८६०७ नम्बरको स्कर्पियो गाडीलाई चेकजाँच गर्दा प्लास्टिकको बकेटभित्र चामल र पिठोले छोपेर ल्याएको अवस्थामा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त गाडीबाट डाइजेपाम १०४७ एम्पुल, नुर्फिन १०३७ र फेनारगन १०४२ एम्पुलसहित भारतीय नागरिकहरु राज कुणाल, राजेशकुमार जयसवाल र अभिषेककुमार जयसवाललाई पक्राउ गरिएको छ ।
उनीहरुले भारतका विभिन्न सहरबाट लागुऔषध ल्याई नेपालमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तै, ब्युरोबाट खटिएको टोलीले काठमाडौं गोकर्णेश्वर ५ जम्बु डाँडाबाट सिरहा गोलबजारका उत्तिमलाल साह र अशोक तामाङ, त्रियुगा १३ उदयपुरका सुजेन्द्र लोहनी र रोशी ७ काभ्रेका पेमा लामालाई लागुऔषधसहित पक्राउ गरेको छ। उनीहरुबाट ४१० एम्पुल, फेनारगन ३७५ र नुर्फिन ४१५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने उत्तिमलाल साह कर्तव्यज्यान मुद्दामा सिरहा कारागारबाट २ वर्ष ९ महिना कैद भुक्तान गरी निस्केको र सुजेन्द्र लोहनी लागुऔषध मुद्दामा २ वर्ष सिरहा कारागारबाट कैद भुक्तान गरी निस्केको प्रहरीले जनाएको छ।
यस्तै, पेमा लामा डाँका चोरी मुद्दामा ३ वर्ष ४ महिना काभ्रे तथा सिरहा कारागारबाट कैद भुक्तान गरेको र अशोक तामाङ जबर्जस्ती करणाी मुद्दामा २ वर्ष ६ महिना कैद भुक्तान गरी निस्केको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरुलाई आजै पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्