Logo
Logo

अवैधानिक क्रसर उद्योग बन्द गराउन गृह मन्त्रालयको निर्देशन


5.5k
Shares

काठमाडौं । गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ ।

कानुन विपरित, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न गृहले निर्देशन दिएको छ ।

त्यस्तै विभिन्न आयोजना, विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यावसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न गृहले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्