Logo
Logo

नेपाल टी-२० लिगको ‘फिक्सिङ’माथि छानबिन गर्न राखेपले बनायो कार्यदल


504
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल टी–२० लिग क्रिकेटका बारेमा छानबिन गर्न कार्यदल गठन गरेको छ । राखेपले कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्सीय छानबिन कार्यदल गठन गरेको हो ।

छानबिन कार्यदलमा सदस्य प्रकाशकुमार कुसारी, खेल पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई छन् ।

विदेशी खेलाडीहरुको श्रम स्वीकृती एवं प्रतियोगिता सञ्चालनको सम्बन्धमा परिषद्ले नेपाल क्रिकेट संघ क्यानसँग आवश्यक प्रमाण कागजात मागेर गरेको पत्राचारको वेवास्ता गरेको साथै पछिल्लो समय प्रतियोगिता सञ्चालनका क्रममा संघबाट भएका कमजोरी एवं विसंगतीको बारेमा सार्वजनिक भएको बिषयमा सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चलिरहेको प्रतियोगितामा सट्टेबाजी भएको र फिक्सिङका लागि खेलाडीलाई प्रस्ताव गरिएको समाचार सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्