काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाले सबैलाई भाग पुर्याउनका लागि मन्त्रालय नफुटाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा राप्रपाले सबैलाई भाग पुर्याउनका लागि भनेर मन्त्रालय फुटाउँदा जनतामा गलत सन्देश जाने भन्दै त्यसो नगर्न सुझाव दिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले भने बाहिर आएका चर्चा गलत भएको प्रष्टिकरण दिंदै भने, ‘धेरैको चित्त बुझाउनुपर्ने बाध्यता त छ नै, तर त्यसका लागि गलत थिति बसाल्न हुँदैन भन्नेमा म छु । हल्लाहरु सुनेर नपत्याई दिनुहोला ।’














